अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५
| Colorodo: 02:50
अमेरिकी राष्ट्रपति जो बाइडेनले नौसेनाको प्रमुखमा पहिलो पटक महिलालाई चयन गर्नुभएको छ । रक्षामन्त्री ललोइड अस्टिनले पेश गरेका विभिन्न विकल्प मध्ये राष्ट्रपति बाइडेनले एडमिरल लिजा फ्राञ्चेटीलाई पनि नौसेना प्रमुखका लागि छनौट गर्नुृभएको हो ।
नौसेना प्रमुखमा फ्राञ्चेटी निश्चित भए अमेरिकी सेनाको संयुक्त सेना प्रमुख सदस्य बन्ने उहाँ पहिलो महिला बन्नुहुने छ । सन् १९८५ मा अमेरिकी सेनाको कमीशनर रहेकी फ्राञ्चेटी हाल नौसेनाको अपरेसन उपप्रमुख रहनु भएको छ ।
फ्रानचेट्टीले अमेरिकी नौसेनाको कोरिया कमाण्डर, संयुक्त स्टाफको रणनीति, योजना र नीति निर्देशकको रूपमा पनि काम गरिसक्नु भएको छ ।