अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

सुडानमा सरकारी सेना र बिद्रोही समुहबीचको भिडन्तमा १६ जनाको मृत्यु

बिआरटीनेपाल २०८० साउन ७ गते ७:५१ मा प्रकाशित

अफ्रिकी मुलुक सुडानमा सरकारी सेना र बिद्रोही समुहबीचका भिडन्तमा १६ जनासर्वसाधारणको मृत्यु भएको छ । सुडानको डार्फरमा युद्धरत पक्षबीच भएको बमबारीमा १६ जना सर्वसाधारणको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।गत अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र बिद्रोही समुह आर.एस.एफबीच जारी युद्धमा तीन हजारभन्दा बढीको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भइसकेका छन् ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार सुडानमा द्वन्द्व सुरु भएयता ३० लाखभन्दा बढी विस्थापित भइसकेका छन् । सेना र अर्धसैनिक बल बीचको भिडन्तकोे मारमा सर्वसाधारण नै पर्ने गरेका छन् । पछिल्लो समय राष्ट्रपति ओमार अल बसीरलाई सत्ताच्युत गरी शासन सत्ता सम्हालेको सेना प्रमुख जेनरेल अब्देल फताह बुरान र उनको शासनकालको विरोधमा उत्रेको अर्ध सैनिक बल अल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) का कमाण्डर प्रमुख जेनेरल मोहमद हमदान दगालोबीचको भिडन्त उग्र रुप लिदा हजारौं मानिस बिस्थापित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू