अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८
| Colorodo: 05:33
भारतको प्रसिद्ध पर्यटकीय गन्तव्य आगरास्थित ताजमहल जलमग्न हुँदा सयौं पयर्टक अलपत्र परेका छन् । ४५ वर्षको इतिहासमा ताजमहल वर्षाका कारणा जलमग्न भएको हो ।भारतमा जारी भारी वर्षा र बाढीका कारण विभिन्न शहर डुबानमा परेको बेला यसको असर ताजमहलमा पनि परेको छ ।
भारतको यमुना नदीको पानी ताजमहलको दशहरा घाट र मेहताब बागमासम्म पुगेको हो । ताजमहल लगायत अन्य ४० गाउँ डुबानमा पर्ने आंकलन सहित सचेत रहन सर्वसाधारणलाई सचेत तुल्याइएको छ ।
बुधबार बिहान आठ बजे नगरको यमुना नदीको पानीको बहाव ४ सय ९९ फिट सम्म पुगको थियो । बाढीले यमुना नदी तटबन्ध भत्काएसँगै विभिन्न शहर थप प्रभावित भएका हुन् ।