अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

चीनमा समुद्री आँधी, लाखौं मानिस विस्थापित

बिआरटीनेपाल २०८० साउन २ गते ८:०४ मा प्रकाशित

चीनको क्वाङतोङ प्रान्तमा समुद्री आँधीले वितण्डा मच्चाएको छ । दक्षिणी तटीय प्रान्तमा तलिम नाम गरेको आँधीले वितण्डा मच्चाएको हो । प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको समुद्री आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् ।

तटीय क्षेत्रबाट झण्डै साढे दुई लाख मानिसलाई अन्यत्र सारिएको छ । हजारौं माछा फार्महरु तहस नहस भएका छन् । हाइनान प्रान्तमा सुमद्रको लहर २० फिटसम्म माथि उठेको जनाइएको छ । समुद्री आँधीसँगै भारी वर्षा पनि भएको छ । जसकार कारण हवाई उडानका साथै यातायात अवरुद्ध भएको छ ।

आँधीको प्रभाव भियतनाममा पनि परेको छ । भियतनामले पनि ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । आँधीको प्रभाव मंगलबार साँझ वा भोलिसम्मै रहनसक्ने चिनियाँ मौसम पूर्वानुमान विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू