अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

भारतमा करेन्ट लागेर पाँच जना बोलबम यात्रीको ज्यान गयो

बिआरटीनेपाल २०८० साउन १ गते ७:१८ मा प्रकाशित

भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको ज्यान गएको छ ।बोलबम यात्रीहरु चढेको गाडीले विद्युतको हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर उनीहरुको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति आठ बजेतिर भएको घटनामा १० जना घाइते भएकामध्ये उपचारका क्रममा पाँच जनाको ज्यान गएको हो । अरु पाँच जना घाइतेहरुको उपचार भइरहेको छ । यस्तै, हिजो र अस्ति भारतको मुजफ्फरनगर जिल्लामा भएका छुटाछुटै गाडी दुर्घटनामा पनि चार जना बोलबम यात्रीको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू