अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

बिआरटीनेपाल २०८० साउन १ गते ७:१६ मा प्रकाशित

अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले यसबारे जानकारी दिएकाे हाे ।यूएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । केही संवेदनशील क्षेत्रमा पहिरो गएपनि मानवीय क्षतिको भने जानकारी नआएको प्रहरीले जनाएको छ ।

यूएसजीएसले भूकम्पको झट्का आलुशान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको जनाएको छ । भूकम्प पृथ्वीको ९ दशमलव ३ किलोमिटर गहिराइमा गएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू