अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

 दक्षिण कोरियामा सुरुङ मार्गमा बाढी पस्दा ३९ जनाले ज्यान गुमाए

बिआरटीनेपाल २०८० साउन १ गते ६:५२ मा प्रकाशित

दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण आएको बाढीमा ३९ जनाले ज्यान गुमाएका छन । चुङचेओङ प्रान्तमा सुरुङ मार्गमा बाढी पस्दा उनीको जीवन गुमेको हो । यसअघि आइतबार बिहानसम्म २६ शव फेला परेको थियो । त्यसपछि थप १३ शव भेटिएको हो ।  सुरुङ मार्गमा फसेकाहरुको खोजीमा खटिएको उद्धार टोलीले १३ शव फेला पारेका हुन् ।

बाढी नै सुरुङमा पसेपछि निजी गाडी र बसमा यात्रा गरिरहेका यात्रुहरु फसेका थिए । सुरुङ ६ सय ८५ मिटर लामो छ । त्यहाँ ९ जनाको जीवितै उद्धार गरिएको थियो । उत्तरी ग्योङसाङ प्रान्तमा ९ जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको सुरक्षाकर्मीलाई उदृत गर्दै त्यहाँका संचार माध्यमले जनाएका छन् ।

वर्षाका कारण १४वटा सहर र प्रान्तका आठ हजार ८ सय ५२ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । अत्यधिक वर्षाका कारण बाढी, पहिरोको मारमा परेको दक्षिण कोरियामा विद्युत् कटौती भएको छ । ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्त निक्कै प्रभावित रहेका केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू