अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 00:34

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज संचालनमा

बिआरटीनेपाल २०८० साउन १ गते ६:५० मा प्रकाशित

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको ग्राउन्डेड भएको न्यारोबडी जहाज आजदेखि संचालनमा आउने भएको छ । नेपाल एयरलाइन्सको दुई न्यारोबडी जहाज चरा ठोकिएर इञ्जिनमा आएको खराबीका कारण ग्राउन्डेड भएको थियो । ग्राउन्डेड भएको दुई मध्ये एउटा जहाज आज साँझदेखि  नियमित उडानमा आउने नेपाल एयरलाइन्सको प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभएको छ ।

प्रवक्ता  पौडेलका अनुसार 9N–AKW जहाज मर्मतपछि नियमित उडानमा जाने भएको हो ।  त्यो जहाजको दायाँ इञ्जिनमा समस्या देखिएको थियो । अर्को न्यारोबडी 9N–AKX जहाजको पनि बायाँ इञ्जिनमा समस्या देखिएको छ । “नगमका जहाज नियमित मर्मतसम्भार र इन्स्पेक्सन गर्ने क्रममा जहाजको दायाँ इञ्जिनमा समस्या देखिएकाले मर्मत भइसकेको र त्याे जहाज मर्मतपश्चात् आज बेलुकीसम्म नियमित उडानमा पठाउनेछौँ’  निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नियमित मर्मतसम्भार हुँदा पनि निगमसँग भएका दुई वटा न्यारोबडी A 320 जहाजमा एकै समयमा चरा ठोकिएकोा कारण इञ्जिनमा प्राविधिक समस्या आई ग्राउन्डेड भएकाले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडान सञ्चालन राखिएको प्रिवक्ता पौडेलले बताउनुभयो । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी A 330 र दुई  न्यारोबडीसहित A 320 गरी ४ जहाज छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू