अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

हलिउडका टेलिभिजन कलाकारहरू आन्दोलनमा

बिआरटीनेपाल २०८० असार २९ गते ७:०९ मा प्रकाशित

अमेरिकी फिल्म उद्योग हलिउड आन्दोलनमा उत्रिएको छ । फिल्म तथा टेलिभिजन कलाकारहरु तथा रङ्गमञ्च सम्वद्ध महासंघ स्क्रीन एक्टर्सस गिल्ड अमेरिकन फेडरेसन अफ टेलिभिजन एण्ड रेडियो आर्टिस्टले स्ट्रिमिङ कम्पनीहरु विरुद्ध आन्दोलन घोषणा गरेको हो ।आन्दोलनमा स्क्रीन राइटर्स गिल्डले पनि ऐक्यवद्धता जनाएका छन् । करीब एक लाख ६० हजार कलाकारहरु आन्दोलनमा सहभागी हुने छन् । विगत ४० वर्षमा अमेरिकी रङ्ग कलाकारहरुले शुरु गरेको सबैभन्दा ठूलो आन्दोनल हो ।

क्यालिफोर्नियास्थित नेटफ्लीक्सको कार्यालयमा धर्ना दिएर उनीहरुले आन्दोनल शुरु गर्न लागेका हु्न । नेटफ्लीक्सपछि उनीहरुले प्यारामाउन्ट, वार्नर र डिज्ने घेराउन गर्ने भएका छन् । उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरुले गर्ने कमाईको भागवण्डाको माग उठाउनु साथै उनीहरुले फिल्म उद्योगमा एआई र एनिमेसनको बढ्दो प्रयोगले कलाकारहरु विस्थापित हुनु परेको गुनासो पनि गरेका छन् । स्ट्रिमिङ तथा स्टुडियो कम्पनीहरुसँगको वार्ता असफल भएपछि कलाकारहरु आन्दोलनमा उत्रिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू