अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

कर वृद्धिको विरोधमा केन्यामा प्रदर्शन, ६ को मृत्यु

बिआरटीनेपाल २०८० असार २८ गते ६:५८ मा प्रकाशित

अफ्रिकी मुलुक केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन हुँदा ६ जनाको मृत्यु भएको छ । प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ६ जनाको मृत्यु हुनुका साथै लुटपाटका घटना भएको स्थानिय प्रहरी जानकारी दिएको छन् । झडपमा परि दजनौ व्यक्ति घाइते भएका छन् । यसैबीच सरकारले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा भएको हिंसा, लुटपाट, निजी र सार्वजनिक सम्पत्तिको क्षति भएको भन्दै क्षमा मागेको छ । यस्तै दण्डहीनताको संस्कृति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको सरकराको भनाइ छ ।

राजधानीको बाहिरी भागमा रहेको म्लोलोन्गो र किटेनगेला शहरमा प्रदर्शनका क्रममा पाँच जनाको मृत्यु हुनुका साथै नैरोबीलाई मोम्बासाको बन्दरगाह शहरमा जोड्ने राजमार्गमा आक्रमण गर्ने भीड तितरबितर पार्न अश्रु ग्यास प्रयोग गर्दा एक जनाको मृत्यु भएको हो । केन्यामा पूर्व सूचनाविना विरोध प्रदर्शन गर्न नपाइने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू