अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

सिरियामा अमेरिकी सेनाको ड्रोन आक्रमणमा आइएसआइ प्रमुख मुहाजिर मारिए

बिआरटीनेपाल २०८० असार २५ गते ७:३६ मा प्रकाशित

सिरियामा अमेरिकी सेनाको ड्रोन हमलामा आतंकबादी समुह आइएसआइका प्रमुख मारिएका छन् । सिरियाको पुर्वी क्षेत्रमा अमेरिकी सेन्ट्रल कमाण्डले गरेको ड्रोन हमलामा आइएसआइ प्रमुख उसामा अल मुहाजिर मारिएका हुन् ।हमलामा सो समुहका केही लडाकुहरु घाइते भएका छन् ।

गत वर्ष अमेरिकी सेनाले सिरियाको पुर्वी क्षेत्रमा छापा मारी उनीहरुको पकड क्षेत्र पत्ता लगाइ केही नेतालाई गिरफ्तार समेत गरेको थियो । यसअघि अमेरिकी कारबाहीमा आइएसआइका पुर्व प्रमुख अबु बक्र अल बगदादी मारिएका थिए । उनको मृत्यु पछी सो समुहको नेतृत्व अल मुहाजिरले लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू