अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

बङ्गलादेशको शिविरमा झडप हुँदा ६ जना रोहिङ्ग्या शरणार्थीको ज्यान गयाे

बिआरटीनेपाल २०८० असार २३ गते ७:३० मा प्रकाशित

बङ्गलादेशको राहत शिविरमा भएको झडपमा ६ जना रोहिङ्ग्या शरणार्थीको ज्यान गएकाे छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक बयान लिन त्यस बस्तीमा पुगेको केही घण्टापछि भएको झडपमा छ जनाकाे ज्यान गएकाे प्रहरीले शुक्रवार जनाएको छ ।बङ्गलादेशमा रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका झन्डै १० लाख सदस्य छन् । उनीहरूमध्ये धेरैजसाे सन् २०१७ मा छिमेकी देश म्यानमारमा भएको सैन्य कारबाहीबाट भागेका हुन् ।

‘अराकान रोहिङ्ग्या साल्भेसन आर्मी’ (एआरएसए) र ‘रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेशन’ (आरएसओ) बीच शिविरमा सञ्चालित दुई प्रतिद्वन्द्वी विद्रोही समूहबीच भएको घातक भिडन्तको शृङ्खलामा यो हप्ताकाे हिंसा पछिल्लो घटना हो । शरणार्थी शिविरको सुरक्षा हेर्ने सशस्त्र प्रहरी बटालियनका प्रवक्ता फारुक अहमदले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रवार बिहान सबेरै भएको सशस्त्र झडप (गोली हानाहान) मा पाँच जनाको ज्यान गएको छ । झडपपछि शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अहमदका अनुसार शरणार्थी समुदायका नेता इबादुल्लाहको एआरएसए सदस्यहरूको हातबाट हत्या भएको केही घण्टापछि हिंसा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू