अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८
| Colorodo: 08:43
अमेरिकाको न्युयोर्कमा एक पर्यटकबस सार्वजनिक यातायातको बससँग ठोकिएर भएको दुर्घटनामा १८ जना घाइते भएका छन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार न्युयोर्कको डाउनटाउन म्यानहट्टनमा भएको दुर्घटना घाइतेहरु मध्ये अधिकांशको हात खुट्टा भाँचिएको छ ।
दुर्घटना लगतै दुइतले सार्वजनिक बसमा सवार अन्य यात्रुहरु च्यापिएका कारण उद्धारमा कठिनाई भएको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनापछि न्युयोर्कको यातायात सेवा केही बेरका लागि अवरुद्ध बनेको थियो ।