अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

मेक्सिकोमा बस दुर्घटना-२७ जनाको मृत्यु

बिआरटीनेपाल २०८० असार २१ गते ६:२९ मा प्रकाशित

मेक्सिकोमा भएको भयंकर सडक दुर्घटनामा कम्तिमा २७ जनाको मृत्यु भएको छ । दक्षिणी प्रान्तमा यात्रुले भरिएको बस सडकबाट खोंचमा खस्दा २७ जनाको मृत्यु भएको हो भने घटनामा डेढ दर्जन बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बस सडकबाट ६० मिटर तल खसेको हो । राजधानी मेक्सिको सिटीबाट सान्टीआगो शहरतर्फ गईरहेको बस ब्रेकफेल भई दुर्घटना भएको त्यहाँको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू