अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

चीनको सिचुआनमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै प्रभावित

बिआरटीनेपाल २०८० असार २० गते ७:०१ मा प्रकाशित

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै नागरिक प्रभावित भएका छन् ।प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार सिचुआनमा झण्डै ८५ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।हिजो मंगलवार भएको वर्षाले जनजीवन कष्टकर भएको छ । यसअघि सिचुआनले २६ वटा क्षेत्रमा बाढीको उच्च जोखिमसहित पहेंलो चेतावनी जारी गरेको थियो ।

प्रान्तीय बाढी नियन्त्रण मुख्यालयले नागरिकलाई सामाजिक सञ्जाल र वेबसाइटमार्फत पूर्व चेतावनी पठाउँदै सतर्कता अपनाउन पनि आग्रह गरेको छ । प्रभावित क्षेत्रमा राहत तथा नागरिकलाई सुरक्षित ठाउँमा राख्ने काम भैरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू