दुई छाक टार्न र
पेट पाल्नको निम्ति
कहिले ईट्टा, कहिले गिट्टी
कहिलेकाहीँ काँधमा
बोझ बोक्नुपर्छ !!
कहिले कुच्चो लगाउनुपर्छ
कहिले भुईँ पुच्छ्नुपर्छ
कहिलेकाँही बलात्कार भोग्नुपर्छ
दुई छाक टार्नको निम्ति
यो रहर भनूँ
या बाध्यता
के भनूँ !!
आफ्नो जिन्दगी बन्धकी राखौँ भने
आफ्नै शिर झुकाउनुपर्छ
सबैले मलाई अनर्थ सोच्नेछन्
भरोसा दिने आफन्त छैनन्
आड दिने खामो छैन
गरिब र धनीमा यति फरक रहेछ
दुई छाक टार्नको निम्ति
गहभरी आँसु बोकेर
बाँच्नुपर्ने बाध्यता !!
गरिबले आत्मा मार्नुपर्छ
इच्छा र चाहना मार्नुपर्छ
अरुको चाहाना अनुरूप
आफ्नो सामीप्य निभाउनुपर्छ
दुई छाक टार्नको निम्ति
जहाँ
समयले गरिबको शोषण गरेको छ
धनीले फाइदा लुटेका छन्
इज्जत लुटेका छन् !!
दुई छाक टार्ने रहरमा मान्छेलाई
गलत बाटामा जान रोक्नुपर्छ
हरेक मान्छेलाई रोजगार सिर्जना हुनुपर्छ
एक पेट खानको लागि
आफू सुरक्षित साथ
गर्वले हिड्न र बाँच्न पाउनुपर्छ
सबैले सोचौँ त !
आफुलाई उही ठाउँमा राखेर !!
धनी गरिब र जातपातको
भेदभाव मेटाउनुपर्छ
यसको लागि हामी सुध्रनुपर्छ
समाज सुधार्नुपर्छ
तब देश बन्छ !!
यो प्रमाणित गरौँ कि
मानवता जिउँदो छ
कसैले एक छाक टार्नको निम्ति
हात फैलाउन नपरोस्
जसले गर्दा
कसैको मुखबाट
भिखारी हुन नपरोस् !!
===========
लप्सीबोट, गोरखा