अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४
| Colorodo: 08:49
हङकङबाट अमेरिकाको लस एञ्जलस जान लागेको विमानको पाङ्ग्रा फुट्दा ११ जना यात्रु घाइते भएका छन् ।शनिबार हङकङ विमानस्थलबाट उड्ने क्रममा रनवेमै विमानको पाङ्ग्रा फुटेको हो ।
२९३ जना यात्रु र १७ जना चालक दल रहेको क्याथे प्यासेफिकको बोइङ ७७७ को पाङ्ग्रा फुटेपछि तत्काल विमान रोकेर आपत्कालिन उद्धार गरिएको थियो । त्यस क्रममा ११ जना यात्रु घाइते भएको र ती मध्ये नौ जना सामान्य उपचारपछि घर फर्किएको तथा दुई जनाको अहिले पनि अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।