अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 05:30

एक सातामा दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०८० असार ८ गते ६:४९ मा प्रकाशित

स्थानीय बजारमा सुनको मूल्य १ सातामा २ हजार रुपैयाँ घटेर कारोबार भएको छ । महिनाको पहिलो दिन असार १ गते १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै, बिहीबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घटेर कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामा चाँदीको मूल्य ९० रुपैयाँ घटेर कारोबार भएको छ । असार १ गते प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३३५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबारको तुलनामा चाँदी २५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी बिहीबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू