अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२
| Colorodo: 08:47
फ्रान्सको राजधानी शहर पेरिसको मध्य भागमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परेर दुई जना बेपत्ता भएका छन् भने कम्तिमा ३७ जना घाइते छन् । पेरिसको मध्य भागमा स्कुल क्षेत्र नजिक विस्फोटको घटना भएको हो । घटनामा घाइते चार जनाको अवस्था गम्भीर रहेको छ ।
घटनापछि आपतकालीन कामदारहरूले वेपत्ताको खोजी गरिरहेका बीबीसीले जनाएको छ । विस्फोटको मुख्य कारण खुलेको छैन । प्रत्यक्षदर्शीका अनुसार विस्फोट हुनुअघि त्यस क्षेत्रमा ग्यासको गन्ध आएको थियो ।
विष्फोट भएको क्षेत्र पर्यटकमाझ पनि लोकप्रिय छ ।