अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२
| Colorodo: 08:47
चीनको उत्तर पश्चिमी क्षेत्र निङ्जियामा ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।गएराति निङ्जियाको यिनचुआन सहरमा रहेको बारबेक्यू रेस्टुरेन्टमा ग्यास विस्फोट भएको थियो ।विस्फोटमा ७ जना घाइते भएका समाचार संस्था सीएनएनले जनाएको छ । शरीर आगोले जलेका तथा चोटपटक लागेका उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोटको घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइते भएकालाई उपचारमा सबै सहयोग उपलब्ध गराउन तथा उद्योग तथा महत्वपूर्ण क्षेत्रहरूमा सुरक्षा सावधानी बलियो बनाउन निर्देशन दिनुभएको छ । चीनमा ग्यास र केमिकल विस्फोटका घटना हुँदै आएका छन् ।