अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८ | Colorodo: 07:43

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान चीनको सिचुआन एअरलाइन्सले गर्ने

बिआरटीनेपाल २०८० असार १ गते ६:५० मा प्रकाशित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एअरलाइन्सबीच यसका लागि आज शुक्रवार सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिचुआन एअरलाइन्सले आउँदो असार ६ गते चार्टर्ड उडानका लागि अनुमति पाएको हो । त्यो एअरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ ।

‘चीनको सिचुआन एअरलाइन्सलाई चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जुन २१ मा चार्टर्ड उडानका लागि अनुमति प्रदान गरिएको छ । एअरलाइन्ससँग उडान नियमितताका लागि छलफल चलिरहेको छ’, प्राधिकरणले भनेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गएको पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । विमानस्थल २२ अर्ब रुपैयाँमा निर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू