अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 07:41

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडान सुरु

बिआरटीनेपाल २०८० जेठ ३० गते ५:५४ मा प्रकाशित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको छ ।मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको छ । सोमबार काठमाडौंबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० जहाज मंगलवार क्वालालम्पुरबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहवामा अवतरण गरेको हो ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवाबाट दिल्ली उडानको लागि भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने बताउनुभयो । मन्त्री किराँतीले विमानस्थल नियमित र पूर्ण क्षमतामा सन्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन नेपाल एयरलाइन्सलाई निर्देशन दिनुभयो । उहाँले वायु सेवा निगमका विमानहरुलाई घाममा सुकाएर राख्ने छुट निगमलाई नभएको बताउनु भयो । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बुद्धिष्ट सर्किटको विकास गर्न कोलम्बो, बैंकक र म्यानमारको मण्डाले विमानस्थलबाट यात्रुहरुलाई लुम्बिनी ल्याउने प्रयासमा रहेको बताउनुभयो । उहाँले लुम्बिनीको क्षेत्रबाट मेलेसिया लगायत अन्य देशमा वैदेशिक राजगारीमा जानेहरु घर फर्कन सहज बनाउने योजना रहेको बताउनुभयो । उहाँले नेपाल एयरलाइन्सले सस्तो भाडादरमा उडान भर्ने बताउनुभयो ।

अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ । क्वालालम्पुर–भैरहवा–काठमाडौंको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू