सोमबार नेप्से ७ अंक बढको छ ।बजार खुल्ने वित्तिकै दुई हजारमाथि पुगेको नेप्से परिसूचक १९ सय ८७ विन्दुमा पुगेर थामियो ।झण्डै तीन अर्ब बराबरको कारोबार भएको सोमबारको बजारमा किनबेच भएको शेयर संख्यामा पनि वृद्धि भएको छ । सोमबारको बजारमा आधा उपसुचक हरियो रहँदा आधा रातो रहे । सबैभन्दा बढी होटल तथा पर्यटन समूहमा ४ सय ५१ अंकको वृद्धि आउँदा उत्पादन समूह १ सय तीन अंकले उकालो लाग्यो ।
यस्तै, विकास बंैक र वित्त समूहमा दोहोरो अंकको गिरावट आउँदा अरु समूह सामान्य अंकले घटेका छन् । सोमबार अभियान लघुवित्त वित्तिय संस्था र कालिञ्चोक दर्शन लिमिटेडका लगानी कर्ताले १० प्रतिशत बराबर कमाउदा प्रभु स्मार्ट फण्डका लगानीकर्ताले १० प्रतिशत बराबर नै गुमाएका छन् ।
सोमबार ८९ कम्पनीको मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ । २८५ कम्पनीको ७४ लाख ५४ हजार कित्ता शेयर २ अर्ब ८८ करोड बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ ।