अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 09:39

विदेशीले नेपालमा झण्डै ५२ अर्ब खर्च गर्दा नेपालीले विदेशमा १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरे

बिआरटीनेपाल २०८० जेठ २७ गते ६:४० मा प्रकाशित

नेपालमा विदेशीले गर्ने खर्च अर्थात् भ्रमण आयभन्दा नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय दोब्बरले धेरै रहेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि वैशाखसम्मको १० महिनाको तथ्याङ्क अनुसार नेपालमा आउने पर्यटकहरुबाट ५१ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ । यही अवधिमा विदेश जाने नेपालीले भने १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरेका छन् । तर विदेशीले नेपालमा गर्ने खर्च भने पोहोरभन्दा दोब्बरले धेरै हो ।

पोहोर १० महिनामा विदेशीले नेपालमा २६ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेका थिए । नेपालीले विदेशमा खर्च गर्ने रकमको ठूलो मात्रा शिक्षातर्फको रहेको छ । नेपालीले विदेशमा खर्च गरेको १ खर्ब दुई अर्ब ४९ करोड रुपैयाँमध्ये वैदेशिक शिक्षाको लागि मात्रै ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ। पोहोरको १० महिनामा नेपालीले विदेशमा ७५ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेकोमा शिक्षातर्फ ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू