अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 13:29

सीएनएनकाे घुम्न लायक ठाउँहरूकाे सूचीमा मुस्ताङ उपत्यका पनि

बिआरटीनेपाल २०८० वैशाख ३१ गते ९:५८ मा प्रकाशित

अमेरिकाको चर्चित मिडिया कम्पनी केबल न्युज नेटवर्क (सीएनएन)ले सन् २०२३ मा घुम्न लायक उत्कृष्ट ठाउँहरूको सूचीमा नेपालको मुस्ताङ उपत्यकालाई पनि समेटेको छ ।

सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूची सार्वजनिक गर्दै सीएनएनले नेपालको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँलाई १६ औँ नम्बरमा राखेको छ । एउटा फोटोसहित सीएनएनले हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो पदमार्गमा पदयात्राका लागि यो ठाउँ उत्कृष्ट रहेको उल्लेख गरेको छ ।

तिब्बतको नजिक रहेको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँ पुग्दा अनौठो अनुभूति हुने पनि सीएनएनले उल्लेख गरेको छ । सीएनएनले सन् २०२३ मा घुम्न लायक २३ ठाउँको पहिलो सूचीमा पश्चिमी अस्ट्रेलियाको एउटा पर्यटकीय क्षेत्रलाई राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू