अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर बढाउने र सुशासन प्रवर्द्धन गर्नेतर्फ लक्षित हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा ”आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् ” भन्ने प्रस्तावु बजेटका प्राथमिकताका विषयमा प्रस्तुत गर्नुभएको हो । ।
”आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने जानकारी गराउँछु,” अर्थमन्त्री महतले भन्नुभयो ।
अर्थमन्त्री महतले प्रतिनिधिसभाको बजेट अधिवशेनको पहिलो दिन नै प्रि(बजेट छलफलको प्रस्ताव राख्नुभएको हो । संघीय संसद्का दुवै सदनमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सैद्धान्तिक छलफलको प्रस्ताव राख्नुभएको थियो ।