जन्म दिएउ आमा तिमीले
छाती मानै टासेउ
आधा निद्रा आधा पेट सबै
म सँग नै साटेउ
ओझेल हुन दिएनौ कहिले
आँखा बाट टाढा
सुख दुख व्यथा सही
लाएउ माया गाडा
मेला पात गर्दा पनि
पटुकिमै बान्थेउ
ढुङेधारा पाधेरी मा
डोका भित्र हाल्थेउ
मुख सधैँ हेरी मेरो
को खा को खा गर्थेउ
ताते ताते भन्नी मेरा
गोडा अघि सार्थेउ
आज सम्म छु तिम्रो साथ
भाज्ञमानी म छु
कखमा नै लुटु पुटु
गर्न मैले पाछु
कतिका त बिते होलान्
कतिका टाढा गा छन्
आमा सम्झी कति कति
मनै मन्मा रुवा छन्
एहि आगनिमा खेल्थियो भन्नि
कोट्यौदी हुन माटो
आउँछ कि त फर्की सन्तान्
कुर्दी होलिन बाटो
एक बचन बोली सुन्न आमा
टद्पिन्छिन होली
खबर नपाईमुटु भित्र
छिर्दो होला गोली
कता गयो हरायो उ
रुन्छ होला मन्
म बुढी भन्दा उन्लाई उस्कै
प्यारो रैछ धन्
आज सहारा छैन उन्को
छैन परिबार
एकै ठाउँ, एउटै कुनi
बिदाश्रम भा छ घर
मरे पछि गौदान श्रद्धा
गर्न छाड्ने हो कि ?
पित्री भन्दा जिउदो देउता
आमा पुज्ने होकी ?
जिउदो छदै माया गर्दा
चित्त उन्को भर्ला
पिन्ड कात्रो ठिक नपार
कसले पो के पाउला ?
अशक्त छिन आज आमा
माया को छ खाचो
बुझ आउन्न जाल्मा फर्कि
उम्किएको माछो
सधैँ हेरी राख्न पाइयोश आमा
तिम्रो आनुहार
नहुँदा आमा काहा पाउलौ
गर्लौ के गुहार,
नहुँदा आमा काहा पाउलौ
गर्लौ के गुहार !!