नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताउनुभएको छ ।मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालका बैंक वित्तिय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभयो । उहाँले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जाखिम नआउने बताउनुभयो । उहाँले सबै खालले वित्तिय संस्थाहरुको तथ्यांकहरू बलिया हरेको बताउनुभयो ।
उहाँले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताउनुभयो । उहाँले पछिल्लो समय बैंकहरुमा तरलता सहज हुँदै आएको बताउनुभयो । उहाँले विद्युतिय भुक्तानी पूर्वाधारमा भएको विकास भूक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रात्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको बताउनुभयो ।
उहाँले बैंक तथा वित्तिय संस्थाहरु सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने बताउनुभयो । उहाँले बैकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।