अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 13:45

यो वर्ष नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशतमा सिमित हुने विश्व बैंकको प्रक्षेपण

बिआरटीनेपाल २०७९ चैत २२ गते ७:५३ मा प्रकाशित

सरकारले राजस्व संकलन सुधारोन्मुखभएको जनाएको छ ।विश्व बैंकको बुधबार नेपाल डेभपलमेन्ट अपटेड सार्वजनिक कार्यक्रममा अर्थसचिव तोयम रायले चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहेको बताउनुभएको हो ।यो वर्ष पर्यटन, कृषि, रेमिट्यान्स तथा जलविद्युत क्षेत्रमा राम्रो सुधार भइरहेकाले अर्थतन्त्रलाई यसले सकारात्मक बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । अझै पनि आन्तरिक रुपमा वित्तीय दबाब कायमै रहेपनि मुलुकले यो चुनौती सामना गर्न सचिव रायाको विश्वास छ ।

दक्षिण एसियाका सबै मुलुकमा विगत १८ महिनादेखि औद्योगिक उत्पादनमा सुस्तता आएको नेपाल श्रीलंका तथा माल्दिभ्सकालागि विश्व बैंकका देशीय निर्देशक फारिस हदादजर्वोसले बताउनुभयो ।त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारीले नेपालले मूल्यवृद्धि, कमजोर पुँजीगत खर्च तथा अन्य प्रणालीगत चुनौति सामना गर्न नीतिगत बदलाव आवश्यक रहेको बताउनुभयो । विश्व बैंकको अर्धवार्षिक ‘कन्ट्री अपटेड’ अनुसार आर्थिक बर्ष २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलब १ प्रतिशतमा सीमित हुनेछ । यो अक्टोबर २०२२ को प्रक्षेपणभन्दा कम हो ।

आर्थिक वर्ष सन् २०२४ माभने पर्यटन क्षेत्रको सुधार, विप्रेषण आप्रवाहमा वृद्धि र मौद्रिक नीतिमा क्रमशःगरिने सहजताका कारण वृद्धिदर बढेर ४ दशमलब ९ प्रतिशतपुग्ने अपेक्षा बैंकको छ । यद्यपि परिदृश्यका जोखिम नकारात्मकतर्फ नै झुकेका छन् । अपेक्षाभन्दा उच्च मुद्रास्फीति, जसले उपभोग र वृद्धिलाई कम गराउनेछ । सरकारी अधिकारीहरुको सम्भावित सरुवाको प्रभाव र मानव पुँजीमा लगानी घटाइएका कारण विशेष गरी महामारीपछिको बेरोजगारीबाट फर्किन बाँकी व्यक्तिबीच बढ्ने असमानता त्यस्ता जोखिम रहेको विश्व बैंकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू