अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 15:15

अर्थ मन्त्री महतलाई शेयर बजारको रातो झण्डा, २० अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

बिआरटीनेपाल २०७९ चैत १९ गते ८:१७ मा प्रकाशित

हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । नयाँ अर्थ मन्त्री डाक्टर प्रकाशशरण महतले जिम्मेवारी सम्हालेपछि खुलेको पहिलो कारोबारमा बजार घटेर राताम्मे भएको हो ।शेयर बजार परिसूचक नेप्से आज आइतवार २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुमा झरेको छ । आज दुई सय ६० वटा कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबै समूहकाे शेयर घटेकाेमा व्यापार, बीमा, जलविद्युत्, विकास बैंक, माइक्राेफाइनान्स र उत्पादन तथा प्रशाेधन समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर साढे नाै प्रतिशतले र कालिका लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू