अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५
| Colorodo: 20:00
बुधबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । निराशाजनक मौद्रिक नीतिका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारको गिरावट थामिन सकेको छैन ।यो साताको सुरुवाती कारोबार दिनबाट सुरु भएको गिरावटले बुधबार पनि जारी रह्यो । बुधबार १३ अंकले ओरालो लागेको बजारमा अरु दिनको तुलनामा कारोवार रकम पनि घटेको छ ।
उत्पादन मूलक समूहमा ४८ अंकको वृृद्धि बाहेक अरु सबै उपसमूह ओरालो लागेका छन् । बुधबारको बजारमा सबैभन्दा बढी जिवन बिमा समूहमा १ सय १६ अंकको गिरावट आएको छ । १ सय ७६ कम्पनीको मूल्य घटेको बजारमा युनिलिभर नेपालका लगानीकर्ताले भने ८ प्रतिशत बढीले कमाएका छन् ।
बुधबार ३७ कम्पनीको शेयर मूल्य भने बढ्को छ । बुधबार २ सय ५६ कम्पनीको ४८ लाख कित्ता बराबर शेयर १ अर्ब ७३ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।