अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 23:07

लगातार तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घट्यो

बिआरटीनेपाल २०७९ माघ १७ गते ५:३७ मा प्रकाशित

लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७० विन्दुले घटेर दुई हजार एक सय ११ दशमलव ६८ विन्दुमा झरेको छ । जलविद्युत् समूहबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ५९ वटा कम्पनीका ७५ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडी हाइड्रोको १९ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त र प्राइम लाइफ इन्सुरेन्सको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार बढे पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशत र बाराही हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू