अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईयो

बिआरटीनेपाल २०७९ पुष २७ गते ३:४५ मा प्रकाशित

आज ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँएको छ । यसैबीच पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्नुभएको छ ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। त्यसअघि विभिन्न समूहले र्‍याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो।

पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ ।पृथ्वी जयन्तीमा सरकारले यसपटक सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय