अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

बिआरटीनेपाल २०७९ पुष २२ गते ६:१७ मा प्रकाशित

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । आज सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्युनतम साझा कार्यक्रम तयार भएको जनाएको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले प्रतिवेदनलाई पूर्णता दिएको बताउनु भयो ।

उहाँले शनिवार शीर्ष नेताहरुको संयन्त्रमा सरकारका न्युनतम साझा कार्यक्रमहरु प्रश्तुत गर्ने बताउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रम जनताको डेलिभरिको पक्षमा रहेको र परिवर्तनको आभाष हुनेगरी न्युनतम साझा कार्यक्रम आएको दाबी गर्नुभयो ।उहाँले न्युनतम साझा कार्यक्रम यो सरकार जनतालाई केही दिने सरकार हो भन्ने महशुस गराउने गरी तयार पारेको बताउनु भयो ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्युनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलसमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय