अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 06:41

आज शेयर बजारमा उछाल

बिआरटीनेपाल २०७९ पुष २० गते ४:२८ मा प्रकाशित

हिजो सामान्य करेक्सन आएको शेयर बजारमा आज पुनः उछाल आएकाे छ । निजी क्षेत्रका माग सम्बोधन गर्न सरकार र राष्ट्र बैंकले तदारुकता बढाएसंगै लगानीकर्ता उत्साही हुँदा नेप्सेमा ३ प्रतिशत बढीको बृद्धि आएकाे हाे।उतार चढावबीच नेप्से ६४ अंकले उकालो लागेर २१ सय २५ पुग्यो । धेरै समयपछि नेप्से २१ सयमाथि पुगेको हो । कारोबार पनि साढें ३ अर्ब पुग्यो । सबै समूहमा हरियाली छाउँदा व्यापार समूहमा सबैभन्दा उच्च ९ प्रतिशत बढीको बृद्धि आयो ।

लगानी समूहमा ६ प्रतिशत बराबरको बृद्धि आयो । लघुवित्त, उत्पादनमूलक समूह पनि साढें ५ प्रतिशत बराबरले बढे । अंकका आधारमा निर्जीबन बीमा समूहमा ३ सय अंकको बृद्धि आयो । उत्पादनमूलक समूह पनि ३ सय अंक बराबरले उक्लियो । विकास बैंक, जीवन बीमा समूह पनि डेढ सय अंक बढीले बढे । अरु पनि अधिकांश समूह उच्चदरको दोहोरो अंकले उल्लिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५८ कम्पनीको ८७ लाख बढी कित्ता शेयर ३ अर्ब ५० करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन २ सय ८ कम्पनीको मूल्य बढ्दा जम्मा ५ कम्पनीको मात्र घट्यो । यस दिन साल्ट ट्रेडिङ, हिमालय डिष्ट्रिलरी, कालिका लघुवित्तलगायत ३० कम्पनीका लगानीकर्ताले त १० प्रतिशत हाराहारीमा कमाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू