अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्र संसदीय दलकाे नेता चयन

बिआरटीनेपाल २०७९ पुष ७ गते ४:५४ मा प्रकाशित

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन हुनुभएको छ । माओवादी संसदीय दलको सिंहदरबारमा आज बसेको बैठकले प्रचण्डको नाम सर्वसम्म दलको नेतामा पारित गरेको हो ।

माओवादी केन्द्रका सांसद सुदन किरातीले अध्यक्ष प्रचण्डका सर्वसम्मत रुपमा दलको नेता चयन भएको जानकारी दिनुभयो । माओवादी केन्द्रको प्रमुख सचेतकसहितका पदमा भने छलफल भइरहेको छ । कांग्रेस र एमालेसहितले दलको नेता चयन गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय