अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 12:09

शेयर बजारमा गिरावट जारी, कारोबार ७३ करोडमा खुम्चियो

बिआरटीनेपाल २०७९ मंसिर २८ गते ४:१६ मा प्रकाशित

बुधबार पनि शेयर बजारमा सामान्य गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से अढाई अंक बराबरले ऋणात्मक रहेर १८ सय ९७ कायम भएर थामियो ।कारोबार थप खुम्चिएर ७३ करोडमा सीमित रह्यो । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार सोमबार पुषमा ब्याज घट्ने चर्चासंगै दोहोरो अंकले बढेको थियो ।

ब्याज नघट्ने भएसँगै बजार मंगलबारदेखि पुनः शिथिल बनेको हो । यस दिन ५ वटा समूह हरियो रहँदा बाँकी ८ वटा समूह रातो रहे । होटल तथा पर्यटन र उत्पादनमूलक समूह दोहोरो अंकले सकारात्मक रहँदा जलविद्युत, वित्त र लगानी समूह नगन्यय अंकले हरियो रहे ।

जीवन बीमा र विकास बैंक समूह दोहोरो अंकले ओरालो लाग्दा बाँकी समूह सासान्य अंकले रातो रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ४६ कम्पनीको २० लाख ८७ हजार कित्ता शेयर जम्मा ७२ करोड ८९ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।यसमध्ये १ सय ९ कम्पनीको मूल्य घट्दा ८२ कम्पनीको बढ्यो । यस दिन पनि सीवाईसी नेपाल लघुवित्त र आजै देखि कारोबार सुरु भएको इस्टर्न हाइड्रोको शेयर मूल्य सबैभन्दा उच्च १० प्रतिशत बढ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू