डलास, उत्तर अमेरिकामा बस्ने नेपालीमूलका पत्रकारहरूको छाता सङ्गठन नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाले नेजा नाईट नामक सॉगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । घटना- दुर्घटनामा पर्ने पत्रकारहरूको सहयोगार्थ आपत्कालीन कोषको लागी नेजाले आगामी जुन १७ तारिखमा आयोजना गर्न लागेको जनाएको छ । ख्यातिप्राप्त नेपाली कलाकारहरू विभिन्न सॉगितिक प्रस्तुतिहरू रहने नेजा नाईटबाट दर्शकहरूलाई मनोरन्जन प्रदान गरिनेछ । नेजाले यस कार्यक्रमको संयोजन गर्ने जिम्मा क्षेत्रीय कोर्डिनेटर किशन रेग्मीलाई दिएको छ । यसअघि नेजाले यस कार्यक्रमलाई न्यु योर्क र भर्जिनियामा सम्पन्न गरिसकेको छ ।
टेक्सासको डलासमा गर्नलागेको नेजा नाईट तेस्रो हो । कलाकारहरूको संयोजनको तयारीमा रहेका क्षेत्रीय कोर्डिनेटर रेग्मीले अमेरिकामा रहेका कलाकारहरूलाई नै विशेष प्राथमिकता दिइने बताए । उनका अनुसार लोकगायक प्रेमराजा महतदेखी गायक गायिकाहरू दिपेश किशोर भट्टराई, विमलडॉगी, संगिता थापामगर, निक्की कार्की, नायक दिलीप रायमाझी, नायिका रंजना शर्मा, हास्यकलाकार नारायण त्रिपाठी लगायत अस्ट्रेलियामा रहेका गायक समीर आचार्य सँग पनि कुरा भइरहेको जानकारी गराएका छन् ।