अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९
| Colorodo: 05:34
चीनले नेपालमा रिक्त रहेको राजदूत पदमा चिनियाँ विदेश मन्त्रालयको एसिया विभागका उपमहानिर्देशक छन् सोङलाई पठाउने भएको छ । नेपालका लागि पूर्व राजदूत होउ यान्छीले आफ्नो चार वर्षे कार्यकाल सकाएर गत २५ अक्टोबरमा स्वदेश फर्किएपछि चीनले नयाँ राजदूतका रूपमा छन्लाई काठमाडौं पठाउन लागेको हो । चीनले राजदूतमा कूटनीतिज्ञ छन् सोङलाई नियुक्त गर्ने चर्चा भएपनि नेपाललाई एग्रिमोका लागि गरेको औपचारिक जानकारी गराएको छैन ।
परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङस्थित नेपाली राजदूतावासलाई भएको अनौपचारिक जानकारी बाहेक अहिलेसम्म कुनै औपचारिक जानकारी वा पत्र भने आइपुगेको छैन । चिनियाँ विदेश मन्त्रालयको विदेश मामिलाको महानिर्देशकको जिम्मेवारीमा लिउ चिनसङ रहनुभएको छ । राजदूत यान्छीले सन् २०१८ को डिसेम्बरदेखि चार वर्षसम्म नेपालमा राजदूतका रूपमा काम गर्नुभएको थियो ।
