अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४
| Colorodo: 11:09
चर्चित अभिनेत्री मनीषा कोइराला काठमाडौँमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभामा पनि सहभागी हुनुभएको छ । काठमाडौँको वसन्तपुरमा शुक्रबार आयोजित सो पार्टीको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सभामा सहभागी हुनुभएको हो ।
बलिउडमा ख्याति कमाएकी अभिनेत्री कोइराला अहिले भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको साथमा सो कार्यक्रममा सहभागी हुनुभएको हो । कांग्रेसका संस्थापक एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा ताली बजाएर भव्य स्वागत गरिएको थियो। यसअघि आजै अभिनेत्री कोइरालाले पोखरामा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै विपी विचार बोकेकाले राप्रपालाई आफूले रोजेको बताउनुभएको थियो ।
