अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६
| Colorodo: 11:21
आकाशमा खैलाबैला भए
धर्तीमा पानी पर्छ
मनमा केही गडबडी भए
आँखाबाट आँसु झर्छ ।
उर्वरा धर्तीमा रोपेको बिउ
उम्रन बगरमा पुग्छ
एकातिर काढिन्छन् पसिना
तर स्वाद लिने त
अन्तै हुन्छ ।
आँखा स्वयम् देख्न सक्दैनन्
बत्ती स्वयम् बल्न सक्दैनन्
ती सधैँ अन्धा छन्
ती सधैँ अँध्यारा छन् ।
यसो नियालेर हेर्ने हो भने
संसारलाई
केही देन दिन तम्सेकाहरू
आफैँ भोका छन्
आफैँ नाङ्गा छन्
दाता हुन्
विधाता हुन्
बिचरा ती
केही नभएका जस्ता छन् !!
——————-
गोरखा, लप्सीबोट; हाल: काठमाडौँ – ६, सरस्वतीनगर ।