अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 01:29

अमेरिकाले युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गर्‍यो

बिआरटीनेपाल २०७९ भदौ ३१ गते ७:४७ मा प्रकाशित

अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको घोषणा गरेको छ ।अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनका लागि अमेरिकाले हतियारसहित युद्ध सामग्री खरिदका लागि सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । अमेरिकी सहयोगले युक्रेनी सेना अझ सशक्त रुपमा अगाडि बढ्न सहयोग पुग्ने अमेरिकाले बताएको छ ।

पछिल्लो समय युक्रेनले रुसी सैनिकले कब्जा गरेको आफ्नो भूमि फिर्ता गरिरहेको छ । युक्रेनी राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीले हालसम्म ६ हजार वर्ग किमी क्षेत्र रूसी सेनाको कब्जाबाट युक्रेनले आफ्नो नियन्त्रणमा लिएको दावी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू