अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 23:04

४० जना पाइलटहरुको टेन्डम प्याराग्लाईडिङ परिक्षा

बिआरटीनेपाल २०७४ वैशाख २५ गते १४:१७ मा प्रकाशित

नेपालकै पहिलो प्याराग्लाईडिङ स्कुल बाबु एड्भेन्चर्स स्कुल्बाट सञ्चालित टेण्डम प्याराग्लाईडिङ परिक्षा सम्पन्न भएको छ । बाबु एड्भेन्चर्स स्कुल र नागरिक उड्ययन प्राधिकरणको रहोबरमा बाबु एड्भेन्चर्स स्कुल मुख्य कार्यलय स्याङजा भीरकोट नगरपालिका ५ स्वरेक स्याङजामा परिक्षा सम्पन्न भएको हो ।

त्यस्तै प्रशिक्षक दामोदर पराजुली, बालकृष्ण बसेल साथै प्रमुख प्रशिक्षक सानो बाबु सुनुवार सहजकर्ताको रुपमा रहेका थिए भने नागरिक उड्ड्यन प्राधिकरणका प्रतिनिधि परिक्षा एब्जरभरको विशेष भुमिकामा परिक्षा सम्पन्न भएको थियो । टेन्डम परिक्षा उत्तिर्ण भएपछि उक्त पाइलटहरु ब्यवसायीक रुपमा लाइसेन्स प्राप्त गर्नको लागि योग्य रहेको छ ।

४० जनाको सहभागिता रहेको परिक्षामा सैद्धान्तिक र प्रयोगात्मक गरी दुई चरणमा सम्पन्न भएको थियो । जसमा रबिन अधिकारी, प्रभात खड्का र मनिष हिराचनले क्रमशः प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेका छन् भने बाँकी सबै विद्यार्थी उत्तिर्ण भएका छन् ।
मनोरञ्जनात्मक रुपमा विकास हुँदै आइरहेको प्याराग्लाईडिङ क्षेत्र पछिल्लो समय नेपालमा व्यवसायीक रुपमा पनि उत्तिकै अघि बढिरहेको छ । जसमा स्वदेशी तथा विदेशी पर्यटकहरुको निम्ति अति आकर्षणको केन्द्र बनेको पाइन्छ । विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरो देखि समुन्द्रसम्म प्याराग्लाइडिङ गरी विश्वमा चर्चा कमाउन सफल सानो बाबु सुनुवारले औपचारिक रुपमा केहि बर्ष यतादेखि नेपालमा प्याराग्लाईडिङ स्कुल बैधानिक रुपमा सञ्चालनमा ल्याएको हो ।

जसमा प्याराग्लाईडिङ सम्बन्धि बिगिनर लेभल देखि प्रशिक्षक लेभलसम्मको तालिमहरु उपलब्ध गराई दक्ष पाइलट उत्पादन गर्ने काम गर्दछ । आगामी यहि सेप्टेम्बर १ देखि फेरी उक्त स्कुलमा नयाँ बिगिनर प्याराग्लाइडिङ कोर्ष सञ्चालनमा आइरहेको जानकारी स्कुलका मेनेजर अनिल सुनुवारले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू