अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 02:53

दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्छ : नेपाल

बिआरटीनेपाल २०७९ भदौ २० गते ५:०३ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताउनु भयो । उहाँले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताउनु भयो । उहाँले दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले दलित समुदायमाथि विभेद गर्नु नहुने भनि संविधान र कानूनमा लेखिएको भएपनि व्यवहारमा साकार हुन नसकेको बताउनु भयो । त्यस्तै सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाको नाममा महिलाहरुलाई अपमानपूर्ण व्यवहार भइरहेको भन्दै उहाँले महिलाहरुलाई पनि हिंसा बाट मुक्त गराउनुपर्ने बताउनु भयो ।

उहाँले अल्पसंख्यक समुदाय, लोपोन्मुख जातिहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले जनता समाजवादी पार्टीका नेता रणबहादुर रम्तेलसहितका दर्जनौँ नेता, कार्यकर्ताहरुलाई एकीकृत समाजवादीमा प्रवेश गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू