अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 18:47

शेयर बजारमा गिरावट

बिआरटीनेपाल २०७९ भदौ ९ गते ७:१० मा प्रकाशित

पछिल्ला दुई दिन झिनो अंकले हरियो रहेको नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आयो ।उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले झरेर २ हजार ३९ मा आएर थामियो । सुरुवाती समयमा सकारात्मक रहेको नेप्से अपरान्हदेखि ऋणात्मक बनेको हो ।कारोबार भने सामान्य सुधारिएर पौने २ अर्ब नजिक पुग्यो । पछिल्ला दिन समूहगत सूचक मिश्रित रहेकामा यस दिन सबै समूह राताम्मे रहे । उत्पादनमूलक समूह सबैभन्दा उच्च ८० अंक बरारबले झर्दा जीवन बीमा समूहमा पनि ६० अंकको कमी आयो ।

बाँकी अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको ४२ लाख ३४ हजार कित्ता शेयर १ अर्ब ७२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ६८ कम्पनीको मूल्य घट्दा जम्मा १५ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ । यस दिन पनि अपर हेवाखोलाको शेयरमा भने सकारात्मक सर्किट लाग्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू