अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 19:19

अमेरिकाको न्युयोर्कमा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सम्पन्न

बिआरटीनेपाल २०७९ भदौ ४ गते १२:१५ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) को आयोजनामा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भव्यताका साथ मनाइएको छ । फिप्नाको १८ वटा सदस्य संस्थाहरू सहआयोजक थिए ।

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका(फिप्ना) का महासचिव टोलमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो पहिचान’ ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने मूल नारालाई उद्घोष गर्दै सञ्चालन गर्नुभएको कार्यक्रममा फिप्नाको अध्यक्ष राजकुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत अमृत बहादुर राई थिए भने विशेष अतिथिहरूमा नेपाल कन्सुलेट जनरल न्यूयोर्कका वाणिज्य दूत गणेश आधिकारी, न्यु योर्क राज्य विधान सभा जिल्ला ३८ का सदस्य जेनिफर राजकुमार, नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासङ्घका अध्यक्ष मान बहादुर राना मगर थिए ।

अतिथिहरूमा Democratic Nominee for Assembly District 30 का Steven Raga, Member of New York City Council District 26 का Julie won को प्रतिनिधि chief of Staff Farah, Queens Community Board 2 का Chair person Morry Galonoy को प्रतिनिधि Danielle Asian advisory Council of City Mayor office/ council board district -3 का सल्लाहकार Potri Ranka Manis, न्यु योर्क सहर मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य र College Point Civic & Taxpayers Association का अध्यक्ष नवराज केसी लगायतका अन्य थुर्पै न्यु योर्क स्थित क्रियाशील नेपाली सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थिए ।

प्रमुख अतिथि राईले आदिवासी जनजातिको विश्व परिवेश, विकाश र महत्त्वको चर्चा गर्दै नेपाल सरकार पनि आदिवासी जनजातिको विकाश, उत्थान र सहभागिताका लागि प्रतिबद्ध रहेको बताए । उनले नेपालको संवैधानिक व्यवस्था र नीति(नियमहरू समेत आदिवासी जनजातिको पक्षमा रहेको बताउनु भयो ।

विशेष अतिथि नेपाल कन्सुलेट जनरल न्युयोर्कका बाणिज्यदूत गणेश अधिकारीले आदिवासी उत्थान र आवाजका ज्ञापन पत्रहरूलाई नेपाल सरकार सम्म पुर्‍याउने र सुनुवाइ लागि भूमिका खेल्ने बताउनु भयो ।

अतिथिहरूमा न्युयोर्क सहर मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य र College Point Civic & Taxpayers Association का अध्यक्ष नवराज केसी, विदेशी अतिथिहरूमा Democratic Nominee for Assembly District 30 का Steven Raga, Member of New York City Council District 26 का Julie won को प्रतिनिधि chief of Staff Farah, Queens Community Board 2 का Chair person Morry Galonoy को प्रतिनिधि Danielle Asian advisory Council of City Mayor office/ council board district -3 का सल्लाहकार Potri Ranka Manis लगायतका अतिथिहरूले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न आदिवासी समुदायको मौलिक नृत्यहरूको प्रस्तुतिले कार्यक्रममा थप रौनक थपिएको थियो ।

औपचारिक कार्यक्रम सुरु हुनुअघि विभिन्न आदिवासी जनजाति सम्बद्ध सङ्घ-संस्थाहरूले न्यु योर्क सहरको ज्याक्सन हाइटबाट आ-आफ्नो भेसभुसामा झाँकीसहितको र्‍याली सहित कार्यक्रम स्थल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू