बैंकहरुको निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । त्यसमा वणिज्य बैंकहरुको ४४ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ खर्ब रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह भने ४७ खर्ब देखिएको छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ७२ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाको ५ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको औषत कर्जा निक्षेप अनुपात अर्थात् सीडी रेसियो ८८ दशमलव ०७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६ दशमलव ४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव ३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १९ दशमलव ७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५ दशमलव ७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३ दशमलव ३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८ दशमलव ७ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २८ दशमलव ४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३ दशमलव ३ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १५ दशमलव २ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७ दशमलव ५ प्रतिशतलेबढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१ दशमलव ९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४ दशमलव ३ प्रतिशतले र हायर पर्चेज कर्जा २ दशमलव २ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।