उहाँले सो रकम दिने घोषणा पोर्टल्यान्ड रिजनल कन्फेरेन्सको अवसरमा गर्नु भएको थियो। सो हस्तानन्तरण कार्यक्रममा सो परियोजनाको साझेदार संस्था नेपाल विस्व सहयोग संघका संस्थापक अधक्ष मणी नेपाली पनेरु तथा वाना महा सचिव भरत बाँस्कोटा उपस्थिती रहेको थियो। वाना कि संस्थापक अध्यक्ष उमा कार्की थापाले टेलिफोन्मा कुरा गर्दै अवैतनिक वानिज्य दूत ए सि शेर्पा शालाका प्रती सो उदार योगदानकोलागी हामी हार्दिक आभार व्यक्त गर्नु भएको छ। सो प्रोजेक्टलाई सफल बनाउन संस्थापक अधक्ष्यको हैसियत्ले कुनै पनि कसर बाँकी नराख्ने बताउनु भएको छ।
यस अघी अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कार्की तथा सिटी अफ रेडमण्डका मेयर John Marchion ले सियाटल शहरमा अवस्थित वानिज्य दूतावासको रिबन् काटी उद्घाटन गर्नु भएको थियो। सोअवसरमा प्रमुख अतिथीको रुपमा अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्की, एन आर एन एन सि सियु एस् ए का अध्यक्ष डा केशव पौडेल सियाटल र रेमन्ड शहरका मेअरहरु लगायत सो क्षेत्र र अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिनिधिमूलक उपस्थिती रहेको थियो।
हालै उद्घाटन भएको सो वाणिज्य दूतावासमा अमेरिकाका बिशेष गरी पश्चिमतिरका राज्यहरुमा बसोबास गर्ने नेपालीसमुदायको लागि एमआरपी पासपोर्ट, कानुनी वारेसनामाको प्रमाणित लगायत वाशिङ्टन दूतावासवाट गरिने कैयौँ सेवाहरु उपलब्ध हुने कुरा बताइन्छ। कार्यक्रममा दुतावासका कर्मचारी तथा स्टेट अफ वाशिंगटनका एसिया प्यासिफिकस्टेट कन्सुलर मोहन गुरुङ, अन्य कन्सुलरहरु, एन आर एन एन सि सि यु एस् ए का ऊपाधक्ष डिल्ली भट्टराई, नेपाल सियाटल सोसाइटिका अध्यक्ष गणेश सिवाकोटी, एन आर एन ओरेगन च्याप्टरका अध्यक्ष दिवाकर श्रेष्ठ, समाजसेवी पेम्बा शेर्पा तथा आङ बाबु शेर्पा, नेपाल असोसियन अफ ओरेगनका बोर्ड अफ डाइरेक्टर प्रदीप बज्रचार्य, एन आर एन नेतानविन सेरचन, ख्यातिप्राप्त खेलाडी तथा समाजसेवी नारायण गुरुङ अन्तररष्ट्रिय ताइक्वान्डो खेलाडी सिता राइ, एन आर एन का हस्तिहरु बि आर लामा लगायत उल्लेखनिय उपस्थिती रहेको थियो।