अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 18:39

नेजाको १५औँ साधारण सभा सम्पन्न

बिआरटीनेपाल २०७९ साउन १३ गते १५:१५ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को १५औँ साधारण सभा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा सम्पन्न भएको छ ।

२३ र २४ जुलाई २०२२ मा आयोजित साधारण सभाले सङ्घको संशोधित विधान-२०२२ पारित गरेको छ । यसै गरी, साधारण सभाको बन्द सत्रबाट नेजासम्बद्ध आचारसंहिता-२०२२, पुरस्कार एवं सम्मान कार्यविधि-२०२२ पारित भएको छ ।

साधारण सभाले नेपाल पत्रकार महासङ्घसँग सहकार्यसम्बन्धी समझदारी गर्नका लागि प्रस्तावित समझदारी-पत्रको मस्यौदालाई पारित गरेको छ । यसै गरी, सङ्घका महासचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

साधारण सभामा यसै वर्षदेखि सुरु भएको ‘नेजा-एनआरएनए, एनसीसी यूएसए पत्रकारिता सम्मान’ बाट गिरीश पोख्रेल र विजय घिमिरेलाई संयुक्त रूपमा सम्मान गरियो । सम्मानित पोख्रेल नेजाका संस्थापक अध्यक्ष हुनुहुन्छ भने घिमिरे लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । उक्त सम्मानको राशि दुई हजार डलर रहेको छ ।

त्यस्तै, साधारण सभाको उद्घाटन गर्नुहुँदै नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले लामो समयदेखि पत्रकार महासङ्घ र नेजाबीच सहकार्य हुँदै आएकोमा यो सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले नेपाली पत्रकारिताको विकासका लागि नेजाले महासङ्घसँग मिलेर विगतदेखि नै सहकार्य गर्दै आएको र नेपाली पत्रकारलाई गर्दै आएको सक्रिय सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

नेजाका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षता तथा महासचिव सुरज भण्डारीको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाल, गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल, पर्यटन दूत धन दवाडीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै, साधारण सभाको सफलताका लागि शुभकामना व्यक्त गर्नेहरुमा एनआरएनए सचिव कृष्ण केसी, एनआरएनए अमेरिकाका उपाध्यक्ष द्वय डिलु पराजुली र दीक्षा बस्नेत, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, नेजाका सल्लाहकार रवि अधिकारी, नेपाल वातावरण पत्रकार समूहका पूर्व अध्यक्ष सहजमान श्रेष्ठ, जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरका काबा अध्यक्ष नारायण खनाल, समाजसेवी प्रेतेश कार्की, हिमालयन फाउन्डेसनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठ,तामाङ सोसाइटिका वरिष्ठ उपाध्यक्ष टेक लामा हुनुहुन्थ्यो ।

त्यस्तै गरी, नेजाका आजीवन सदस्य एवं मदरल्यान्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डे, एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, एभरेस्ट क्रेडिट युनियनका बोर्ड मेम्बर डिल्ली भट्टराई, एटर्नी मिखाइल आर्सेटिभलगायतले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सङ्घकी उपाध्यक्ष मच्छेदेवी गुरुङको धन्यवाद मन्तव्य र क्षेत्रीय संयोजक तथा कन्भेनर शिव नेपालको स्वागत मन्तव्य रहेको थियो । सो कार्यक्रममा नेजाको बुलेटिनसमेत प्रकाशन एवं वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू