अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२६ | Colorodo: 19:41

यी विमानस्थलहरूमा बोर्डिङ पास देखाउन पर्दैन

बिआरटीनेपाल २०७९ साउन ७ गते २०:२३ मा प्रकाशित

कोलोराडो । यात्रा गर्दा विमानस्थलमा ट्रान्सपोर्टेसन सेक्युरिटी एड्मिनिस्ट्रशन (टिएसए) का अधिकारीहरूले ‘हातमा बोर्डिङ पास र परिचयपत्र लिएर लाइन बस्न’ अनुरोध गरेको सुन्नु भएकै होला । तपाईँले बोर्डिङ पास अन्य कागजपत्रसँग मिसिँदा वा हराउँदा तनाव पनि भोग्नु भएको होला । अब भने यात्रा गर्दा अमेरिकाका एक सयभन्दा बढी विमानस्थलमा बोर्डिङ पास विमानस्थलमा नचाहिने भएको छ ।

टिएसएले अमेरिकाका एक सयभन्दा बढी विमानस्थलमा क्रेडिन्सियल अथेन्टिकेसन टेक्नोलोजी (सिएटी) जडान गरिसकेको छ । यसबाट ती विमानस्थल बोर्डिङ पासको झन्झटबाट मुक्त भएका छन् । यसले तपाईँको यात्रा पनि सजिलो बनाइदिएको छ ।

सिएटी जडित विमानस्थलमा टिएसएका अधिकारीले बोर्डिङ पास स्क्यान गर्ने छैनन् । सिएटी यस्तो नयाँ प्रविधि हो जसले यात्रुको परिचयपत्र स्क्यान गर्छ र उनीहरूको यात्रासम्बन्धी विवरण थाह पाउँछ । यो विधुतीय प्रविधिले यात्रु टिएसए प्रिचेक जस्ता यात्रु ट्रस्टेड ट्राभलर प्रोग्राममा आबद्ध भए नभएको पनि थाह पाउँछ । साथै, बोर्डिङ पास नै चाहिने यात्रुका लागि त्यो सुविधा पनि हटाइने छैन ।

सिएटी सुविधा प्राप्त गर्न यात्रु १८ वर्ष पुरा भएको हुनुपर्नेछ । उनीहरूले यात्रा गर्दा टिएसए अधिकारीलाई परिचयपत्र वा सवारी चालक अनुमति पत्र देखाउनु पर्नेछ । परिचयपत्र रियल आइडी हुनुपर्नेछ । त्यसबाहेक, अमेरिकी पासपोर्ट, पासपोर्ट कार्ड, युएस डिपार्टमेन्ट अफ डिफेन्स आइडी, मर्चेन्ट मेरिनर आइडी, युएस मर्चेन्ट मेरिनर आइडी, ग्लोबल इन्ट्री अथवा नेक्सस कार्ड, ग्रिन कार्ड, वा अन्य सरकारी परिचयपत्र बाहकले पनि यो सुविधा उपभोग गर्न पाउने छ ।

टिएसएले आफ्नो वेवसाइटम सिएटी सुविधा लागु हुने विमानस्थलको सूची प्रकाशन गरेको छ । टिएसएले बोर्डिङ पासको झन्झट हटाएर विमानस्थलमा यात्रुलाई प्रदान गरिने सुविधा चुस्त बनाएको तथा सुरक्षा प्रणालीमा सुधार गरेको जनाएको छ ।

टिएसएले हालै कम्प्युटेड टोमोग्राफी (सिटी) एक्स–रे सिस्टम सार्वजनिक गरेको थियो । यो प्रणालीले स्क्यान गर्दा यात्रुले लगेजबाट ल्यापटप र तरल पदार्थ निकाल्नु पर्दैन । यसले विमानस्थलमा हुने सुरक्षा जाँच छिटो बनाउँछ ।

These are many of the airports with the new CAT technology and where travelers are likely to not be asked by TSA agents to hand over their boarding pass:

  • Alaska’s Ted Stevens Anchorage International Airport (ANC)
  • Hartsfield-Jackson Atlanta International Airport (ATL)
  • Austin-Bergstrom International Airport (AUS)
  • Bradley International Airport in Connecticut (BDL)
  • Nashville International Airport (BNA)
  • Boston Logan International Airport (BOS)
  • Hollywood Burbank Airport (BUR)
  • Baltimore/Washington International Thurgood Marshall Airport (BWI)
  • Charleston International Airport (CHS)
  • Charlotte Douglas International Airport (CLT)
  • Ronald Reagan Washington National Airport (DCA)
  • Denver International Airport (DEN)
  • Dallas/Fort Worth International Airport (DFW)
  • Detroit Metropolitan Wayne County Airport (DTW)
  • Fort Lauderdale-Hollywood International Airport in Florida (FLL)
  • Honolulu’s Daniel K. Inouye International Airport (HNL)
  • Washington-Dulles International Airport (IAD)
  • Houston George Bush Intercontinental Airport (IAH)
  • Long Island MacArthur Airport (ISP)
  • Jackson Hole Airport (JAC)
  • New York’s John F. Kennedy International Airport (JFK)
  • McCarran International Airport in Las Vegas (LAS)
  • Los Angeles International Airport (LAX)
  • LaGuardia Airport in New York (LGA)
  • Orlando International Airport (MCO)
  • Chicago Midway International Airport (MDW)
  • Miami International Airport (MIA)
  • Minneapolis-St. Paul International Airport (MSP)
  • Louis Armstrong New Orleans International Airport (MSY)
  • Oakland International Airport (OAK)
  • Ontario International Airport (ONT)
  • Chicago O’Hare International Airport (ORD)
  • Portland International Airport in Oregon (PDX)
  • Philadelphia International Airport (PHL)
  • Phoenix Sky Harbor International Airport (PHX)
  • Pittsburgh International Airport (PIT)
  • Palm Springs International Airport (PSP)
  • Portland International Jetport in Maine (PWM)
  • Raleigh-Durham International Airport (RDU)
  • Richmond International Airport (RIC)
  • Reno/Tahoe International Airport (RNO)
  • San Diego International Airport (SAN)
  • Savannah/Hilton Head International Airport (SAV)
  • Seattle-Tacoma International Airport (SEA)
  • San Francisco International Airport (SFO)
  • San Jose International Airport (SJC)
  • Luis Muñoz Marín International Airport in San Juan, Puerto Rico (SJU)
  • Sacramento International Airport (SMF)
  • John Wayne Airport in Orange County, California (SNA)
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू